१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


समायोजनमा संशय


0
Shares

nepali congress sunil thapa

रोमन आचार्य र सानु माली (इमेज)

काठमाडौं, साउन १३ । नेपाली कांग्रेसले विजयकुमार गच्छदारसहितको लोकतान्त्रिक फोरमलाई पार्टीमा प्रवेश गराएपनि ७७ जिल्लामा पार्टी समायोजनको काम अझै अधुरै छ ।

त्यसमाथि मंगलबार राप्रपाका पूर्वमहामन्त्री सुनील थापासहितको दलबललाई पार्टीमा न्यायो स्वागत गरेको कांग्रेसले समयमै महाधिवेशन गर्नेगरी पार्टी समायोजनको बाँकी काम सक्ला त ? भन्ने प्रश्न तेर्सिएको छ ।

सहमहामन्त्री पदसहित कांग्रेस प्रवेश गर्दै पूर्वप्रधानमन्त्री एवं पञ्चायतका हस्ती सूर्यबहादुर थापाका छोरा सुनील थापाले नेपाली राजनीतिमा कांग्रेसका संस्थापक नेता बीपी कोइराला, सुवर्णशमशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, महेन्द्रनारायण निधि, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र स्वयं आफ्नै पिता सूर्यबहादुर थापाको राजनीतिक वृत्तमा योगदानको स्मरण गर्न भ्याउनुभयो ।

लोकतान्त्रिक मूल्य–मान्यताको रक्षार्थ लोकतन्त्रवादी शक्ति एक ठाउँमा जम्मा हुने र लोकतान्त्रिक पद्धतिमा ऊर्जा थप्न कांग्रेस नै अबको विकल्प भएकाले पार्टीमा प्रवेश गर्दा आफू हर्षित भएको उहाँले बताउनुभयो ।

तर, यतिबेला कांग्रेस १४औं महाधिवेशनको तयारीमा जुटेको छ । विडम्बना कार्यतालिकाबमोजिम कांग्रेसले महाधिवेशनकेन्द्रित कार्यसम्पादन गर्न सकेको छैन ।

साउन १० गतेभित्र सक्नुपर्ने पार्टी समायोजनको देशव्यापी काम अझै ११ जिल्लामा बाँकी छ ।

लोकतान्त्रिक फोरमबाट गच्छदार कांग्रेसमा विलय भएपनि उहाँको पार्टीलाई ७७ जिल्लामै समायोजनका केही अंश अझै बाँकी छ ।

यस्तोमा थापासहितको दलबललाई स्वागत गरेको कांग्रेसमा पार्टी समायोजनमा सकस उत्पन्न हुने आशंका छ । तर, नेताहरु यो कुरा मान्न तयार छैनन् ।

त्यसो त कांग्रेसमा थापाबाहेक अन्य नवप्रवेशीहरुलाई कुन हैसियत दिने अलमल छ ।

यता, गुटगत विवाद रहँदा थाँती रहेका जिल्लाहरुको समायोजन कहिले होला ? भन्ने प्रश्न पनि जटिल नै देखिन्छ ।

लोकतान्त्रिक धार एक ठाउँमा जम्मा हुँदा लोकतान्त्रिक मूल्य–मान्यताका पक्षधरहरुले पनि त्यसको लाभ उठाउलान् । तर, महाधिवेशन आउन धेरै समय बाँकी नरहेको र पार्टी समायोजनको काम सक्नुपर्ने मितिसमेत घर्किसकेको अवस्थामा समायोजन बाँकी रहेका जिल्लाहरुमा विवाद बढ्दा नवआगन्तुकहरुलाई उचित भाग दिएर सबै कुरा ‘सेटल’ गर्न कांग्रेसलाई सहज भने छैन ।

भिडियो हेर्नुहोस्