१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


संचारकर्मी तथा गायिका ईश्वरीले ल्याइन डान्सिङ गीत(भिडियो)


0
Shares

काठमाडौं । संचारकर्मी तथा गायिका ईश्वरी बरालले ‘हरेक रात सपनीमा हुन्छु तिम्रै रानी’ बोलको गीत बजारमा ल्याएकी छन् ।

क्षितिज समर्पणको शब्द र राजकुमारको संगीतमा रहेको गीत एक्का कम्पनीको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

सन्जय हमालले एरेन्ज गरेको उक्त गीतको सम्पादन पनि राज कुमारले नै गरेका छन् ।

डान्सिङ विधाको गीत युवा युवतीको माया प्रेममा आधारित छ ।

गायिका बराल र रचनाकार क्षितिज समर्पण (रामकुमार शाही) पत्रकारिता क्षेत्रमा सक्रिय हुनुहुन्छ ।