८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


कोरोनाका कारण भारतमा एकै दिन ७ सय ८१ को मृत्यु, १२ दिनमा पाँच लाख संक्रमित थपिए


0
Shares

काठमाडौं । भारतमा पछिल्लो १२ दिनमा मात्र ५ लाख कोरोना भाइरस संक्रमित थपिएसंगै संक्रमितका संख्या १५ लाख नाघेको छ ।

आज एकै दिन भारतमा ७ सय ८१ जनाको मृत्यु भएको छ जुन नयाँ रेकर्ड हो । आज मात्रै ४९ हजार २ सय ९२ जना नयाँ संक्रमित थपिएका छन् ।

अमेरिका र ब्राजिलपछि भारत विश्वमै सबैभन्दा धेरै संक्रमित हुने मुलुकमा परेको छ । अमेरिकामा ४४ लाख भन्दा धेरै संक्रमित छन् भने ब्राजिलमा २४ लाख भन्दा धेरै ।

रसिया यो सूचीमा चौथो स्थानमा छ जहाँ संक्रमित संख्या ८ लाख पार भएको छ । भारतको महाराष्ट्र र आन्ध्र प्रदेश बढी जोखिममा परेको छ ।

महाराष्ट्रमा यो संख्या ७ हजार ७ सय १७ नाघेको छ भने आन्ध्र प्रदेशमा ७ हजार ९ सय ३८ नाघेको छ ।

यो संगै कर्नाटकमा ५ हजार ५ सय ३६, केरलमा ११ सय ६७ र पञ्जावमा ६ सय १२ जनामा संक्रमण भएका छन् । भारतमा कोरोनाका कारण हालसम्म ३४ हजार ३ सय बढीको मृत्यु भइसकेको छ ।एजेन्सी