
काठमाडौं । नेपाल प्रहरीको मुख्यालय नक्सालमै कोरोना संक्रमित प्रहरीको संख्या ३५ पुगेको छ । पहिलो दिन ४, दोस्रो दिन २३ र तेस्रो दिन ८ गरी ३५ प्रहरीमा कोरोना संक्रमण देखिएको हो ।
प्रायः संक्रमितहरु सवारी शाखामा कार्यरत रहेका छन् । संक्रमितमा असई १, हवल्दार ६, प्रहरी जवान २६ र कार्यालय सहयोगी २ जना छन् ।
पछिल्लो तीन दिनमा प्रहरी मुख्यालयमा कार्यरत ३५ प्रहरीमा कोरोना संक्रमण देखिएपछि मुख्यालयकै प्रहरी त्रसित बनेका छन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार स्वास्थ्य मन्त्रालय र प्रहरी अस्पतालको संयुक्त टोलीले जाँच र संक्रमितको सम्पर्कमा आएकाको ट्रेसिङ प्रक्रिया जारी राखेको छ ।
यस्तै अत्यावश्यक कामबाहेक सर्वसाधारणलाई प्रवेशमा रोक लगाइएको छ । संक्रमितको सम्पर्कमा आएका सबैलाई क्वारेन्टिनमा राखिएको छ ।
प्रतिक्रिया दिनुहोस्