
फाइल फोटो
बागलुङ, साउन १४ । बागलुङको ढोरपाटन नगरपालिका–४, लुकुरबनमा पहिरोका कारण नौ परिवार विस्थापित भएका छन् ।
मंगलबार पहिरोले घरमा क्षति पुर्याएपछि नौ घर विस्थापित भएको स्थानीयले बताएका छन् ।
पहिरोले बस्तीनजिक चर्किएको हुँदा स्थानीयलाई छिमेकीको घर, स्वास्थ्यचौकी तथा विद्यालय भवनमा सारिएको ढोरपाटन नगरपालिका–४ का वडाध्यक्ष तिलक पुनले जानकारी दिनुभयो ।
वर्षाले ढोरपाटन नगरपालिकालगायत निसीखोला र तमानखोलामा पनि क्षति पुर्याएको छ ।
प्रतिक्रिया दिनुहोस्