
काठमाडौं, साउन १४ । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि सरकारले सिंहदरबारभित्रका कर्मचारीको ‘पीसीआर’ परीक्षण थालेको छ ।
कार्यालय सहयोगी, सवारीचालक र प्रत्यक्ष बाहिरी मान्छेको सम्पर्कमा रहने ५०० देखि ७०० कर्मचारीहरुको पीसीआर परीक्षणका लागि बुधबार नमुना संकलन गरिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंकाअनुसार सिंहदरबारभित्रका सबै कार्यालयका करिब ७०० जना कर्मचारीको नमुना संकलनको तयारी भएको छ ।
परीक्षणपछि उपत्यकाभित्रको अवस्था के छ भनेर आँकलन गर्न सकिने उहाँले बताउनुभयो ।
काठमाडौं उपत्यकामा मंगलबारमात्रै ५३ जनामा कोरोना संक्रमण देखिएको थियो ।
प्रतिक्रिया दिनुहोस्