
तस्वीरः राष्ट्रपतिको कार्यालय ।
काठमाडौं, साउन १४ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार दुईओटा विधेयक प्रमाणीकरण गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीले नागरिक लगानी कोष ऐन, २०४७ लाई संशोधन गर्न बनेको विधेयक र संघ, प्रदेश तथा स्थानीय तहबीचको समन्वय तथा अन्तरसम्बन्ध सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
राष्ट्रपति भण्डारीले संघीय संसदको दुवै सदनका बैठकबाट पारित भइ प्रमाणीकरणका लागि पेस भएका विधेयकहरू संविधानको धारा ११३ को उपधारा ९२० बमोजिम प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्