
झापा, साउन १४ । झापामा कोरोना संक्रमितमध्ये ३०४ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय झापाकाअनुसार १२ हजार ८०९ जनाको कोरोना परीक्षण भएकोमा ३५१ जनामा कोरोना संक्रमण देखिएको थियो । संक्रमितमध्ये ४७ जना अझै उपचाररत् छन् ।
पछिल्लो समय झापामा कोरोना संक्रमणको संख्या बढ्दै गएपनि उपचारपछि निको भएर घर फर्कनेको संख्या धेरै छ ।
झापामा कोरोना संक्रमितमध्ये अधिकांश भारतलगायतका देशबाट आएका नागरिक छन् ।
प्रतिक्रिया दिनुहोस्