
फाइल तस्वीर ।
वीरगन्ज, साउन १४ । वीरगन्जमा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।
नेसनल मेडिकल कलेज र गण्डक कोभिड अस्थायी अस्पतालमा उपचाररत् एक÷एकजना संक्रमित पुरुषको बुधबार मृत्यु भएको हो ।
नेसनल मेडिकल कलेजमा उपचाररत् ७० वर्षीय र गण्डक अस्पतालमा उपचाररत् ६५ वर्षीय पुरूषको मृत्यु भएको गण्डक कोभिड अस्थायी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले जानकारी दिनुभयो ।
नेसनल मेडिकल कलेजमा मृत्यु भएका पुरूषमा पखलाको समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । उनको मृत्यु भएपछि कोरोना पुष्टि भएको हो ।
गण्डक अस्पतालमा मृत्यु भएका संक्रमित पुरुषको भने पछिल्लो छ दिनदेखि अस्पतालको ‘आइसोलेसन’मा उपचार चलिरहेको थियो । उनमा मुटुको समस्या थियो ।
प्रतिक्रिया दिनुहोस्