
फाइल फोटो
रौतहट । बर्षातको कारण रौतहटको चन्द्रनिगाहपुरसमेत डुबानमा परेको छ । चन्द्रपुर नगरपालिका भित्रको पुरानो राजकुलो मासिएका कारण सडकसमेत जलमग्न भएको छ ।
पानीको निकासका लागि चन्द्रपुर नगरपालिका र सडक डिभिजन कार्यालयको ध्यान जान नसक्दा राजमार्ग जलमग्न हुने गरेको हो ।
सडकमा पानी जमेका कारण सडक मर्मत गरेको एक महिना नबित्दै राजमार्ग जीर्ण बनिसकेको छ ।
सडक डिभिजन कार्यालय बाट बर्षेनी सडक मर्मतको नाममा करोडौ रुपैया खर्च भैरहदा समेत पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटनाको जोखिम बढेको छ ।
प्रतिक्रिया दिनुहोस्