
वीरगन्ज, साउन १५ । अस्पतालको अभावमा पर्साका संक्रमितलाई एक हप्तादेखि घरमै राखिएको छ ।
नारायणी अस्पतालको अस्थायी कोभिड अस्पतालको रुपमा रहेको गण्डक अस्पतालको क्षमता ५० शय्याको भएपनि ६१ जनालाई भर्ना गरिएपछि गत शुक्रबारदेखि कोरोना पुष्टि भएकालाई घरमै ‘आइसोलेसन’मा राखिएको छ ।
कोभिड संकट व्यवस्थापन समिति र वीरगन्ज महानगरपालिकाबीच समन्वयको अभावले अर्को कोभिड अस्पताल र सेमिआइसोलेसन सेन्टरको व्यवस्थापन हुन नसकेकाले लक्षण नदेखिएका १०० भन्दा बढी संक्रमितलाई घरमै आइसोलेसनमा राख्नुपरेको नारायण अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदन उपाध्यायले जानकारी दिनुभयो ।
होम आइसोलेसनमा बस्दा संक्रमणको जोखिम बढ्ने र थप व्यवस्था नभएमा अवस्था जटिल बन्दै जाने भएकाले यसतर्फ स्थानीय, प्रदेश र संघीय सरकारले ध्यान नदिएको भन्दै स्थानीय आक्रोशित भएका छन् ।
नारायणी अस्पताल वीरगन्जको प्रयोगशालामा बुधबार गरिएको ‘पीसीआर’ परीक्षणमा चिकित्सक, स्वास्थ्यकर्मी, नेपाली सेनासहित ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रतिक्रिया दिनुहोस्