१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


प्रदेश–१ मा १८ जना कोरोना संक्रमित थपिए, ४२ जना ‘डिस्चार्ज’


0
Shares

mask corona dadeldhura

सुनसरी, साउन १५ । प्रदेश नम्बर–१ मा बिहीबार १८ जना कोरोना संक्रमित थपिएका छन् ।

मोरङमा आठ, झापामा चार, सुनसरी, उदयपुर र सोलुखुम्बुमा दुई/दुईजनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरका पाँच पुरुष र तीन महिला, झापाको शिवसताक्षीका तीन पुरुष, दमककी एक महिला, सुनसरीको धरान र इटहरीका एक/एक पुरुष, उदयपुरको वेलकाका एक महिला र एक पुरुष तथा सोलुखम्बुको दूधकुण्डका दुईजना पुरुषको ‘रिपोर्ट पोजिटिभ’ आएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. सुरेश महेताले बताउनुभयो ।

योसँगै प्रदेश–१ मा कोरोना संक्रमितको संख्या ९९३ पुगेको छ ।

प्रदेश–१ मा बिहीबार ४२ जना संक्रमित ‘डिस्चार्ज’ भएका छन् ।

पूर्वाञ्चल विश्वविद्यालय कोभिड–१९ आइसोलेसन अस्पताल गोठगाउँबाट ३४ पुरुष, धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट छ पुरुष र विराटनगरस्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रबाट दुई पुरुष डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।

प्रदेश–१ मा बिहीबारसम्म ७८९ जना संक्रमित निको भइ डिस्चार्ज भएका छन् ।