१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चिकित्सकमा कोरोना पुष्टिपछि कोसी अस्पतालको ओपीडी सेवा बन्द


0
Shares

coronavirus

विराटनगर, साउन १५ । विराटनगरको कोसी अस्पताल कार्यरत् चिकित्सक र नर्सहरुलाई कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल प्रशासनले ओपीडी सेवा बन्द गरेको छ ।

अस्पतालमा कार्यरत् एक चिकित्सक र एक पारामेडिकल अफिसर र दुईजना नर्सलाई कोरोना संक्रमणको पुष्टि भएपछि अस्पताल प्रशासनले अर्काे सूचना जारी नभएसम्म ओपीडी सेवा बन्द गरेको हो ।

अस्पतालमा शंकास्पद ५० जना कर्मचारीको ‘पीसीआर’ परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।

यता, पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत् विराटनगरको संकाय डीन कार्यालयका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि कार्यालय बन्द गरिएको छ ।