
काठमाडौं, साउन १५ । सत्तारुढ दल नेकपाभित्रको स्थायी कमिटीमा बहुमत सदस्यले केपी शर्मा ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने आवाज उठिरहेको बेला स्थायी कमिटी सदस्य एवं उद्योगमन्त्री लेखराज भट्टले ओलीको विकल्प नभएको जिकिर गर्नुभएको छ ।
बिहीबार काठमाडौंमा भएको एक कार्यक्रममा उहाँले स्थीर सरकारको इतिहास रच्नका लागि पनि ओली नेतृत्वको वर्तमान सरकारलाई निरन्तरता दिनुपर्ने जिकिर गर्नुभयो ।
सरकार परिवर्तनको खेल भए देश फेरि अस्थिरतातर्फ जाने जिकिर गर्दै उहाँले पार्टीमा देखिएको विवाद समाधानका लागि अध्यक्षद्वयबीचको सहमतिको विकल्प नभएको बताउनुभयो ।
मन्त्री भट्टले पार्टीभित्र अस्थिरता चाहने केही प्रवृत्ति देखापरेको आरोप लगाउँदै त्यसलाई परास्त गरेर अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले पार्टीको एकता महाधिवेशन सहमितमै हुने र नेतृत्वसमेत सहमतिमै टुंगो लाग्ने दाबी गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्