
काठमाडों । राष्ट्रिय खेलकुद परिषद (राखेप) मा ६ जना सदस्य मनोनयन गरिएको छ । युवा तथा खेलकुदमन्त्री जगत बहादुर सुनार विश्वकर्माले हिजो विभिन्न क्षेत्रबाट प्रतिनिधित्व हुने गरि राखेपको बोर्ड सदस्यमा ६ जनालाई मनोनयन गर्नुभएको हो ।
मन्त्री विश्वकर्माले खेल बिज्ञ र प्राविधिकको रुपमा रिम रानाभाट र ईन्दिरा निरौलालाई मनोनयन गर्नुभएको छ । यसैगरी राष्ट्रिय खेल संघको सिफारिसबाट अर्जुन केसी, सम्पन्न श्रेष्ठ र सुवास श्रेष्ठलाई मनोनयन गरिएको छ ।
यस्तै, परम्परागत, साहसिक तथा पर्यटकीय खेल क्षेत्रको प्रतिनिधिको रुपमा गोविन्द्र प्रसाद भट्टराईलाई मनोनयन गरिएको छ ।
भट्टराई पर्वतीय खेलकुद महासंघका अध्यक्ष हुनुहुन्छ । राष्ट्रिय खेलकुद विकास ऐन कार्यान्वयनमा आएसंगै मन्त्रालयले परिषद्को बोडलाई पूर्णता दिन लागि परेको छ ।
मन्त्रालयको सिफारिसमा यस अघिनै मन्त्रीपरिषद्ले परिषद्को उपाध्यक्षमा शिव कोईराला र सदस्य सचिवमा रमेशकुमार सिलवाललाई नियुक्त गरिसकेको छ ।
नयाँ ऐनले ३७ जनाको बोर्ड परिकल्पना गरेको छ ।
प्रतिक्रिया दिनुहोस्