२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


सुन तोलाको ९९ हजार ३ सय पुग्यो


0
Shares

काठमाडौं । सुनको मूल्य उकालो लाग्ने क्रम आज पनि जारी रह्यो ।

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै आज पनि स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ३ सयले बढेर ९९ हजार ३ सय कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो हालसम्मकै उच्च मूल्य हो । हिजो पनि ५ सयले बढेर ९९ हजारमा कारोबार भएको थियो । सुनको मूल्य लगातार उकालो लागेर तोलाको १ लाख नजिक पुगेको छ ।

अघिल्लो सातासम्म पनि ९५ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबारसम्म आइपुग्दा ९९ हजार ३ सय पुगेको हो । साता दिनमै सुन ३५ सयले महंगिएको छ ।

आज चाँदीको मूल्य भने २५ रुपैयाँले घटेर १२ सय रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा यतिखेर सुन प्रति औंन्स १९ सय ७६ डलर हाराहारीमा कारोबार भैरहेको छ ।