१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


१३औं ‘साग’का स्वर्ण विजेताहरुलाई कांंग्रेसद्वारा नगदसहित सम्मान


0
Shares

sports

काठमाडौं, साउन १६ । १३औं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्णपदक जित्ने खेलाडीहरुलाई नेपाली कांग्रेसले सम्मान गरेको छ ।

शुक्रबार पार्टी कार्यालय सानेपामा आयोजित एक कार्यक्रममा कांग्रेसले स्वर्णपदक विजेता खेलाडीहरुलाई नगदसहित सम्मान गरेको हो ।

कांग्रेस खेलकुद विभागले आयोजना गरेको विशेष कार्यक्रममा सभापति शेरबहदुर देउवाले स्वर्णपदक विजेताहरुलाई प्रतिखेलाडी १० हजार रुपैयाँका दरले सम्मान गर्नुभएको हो । एकभन्दा बढी पदक जित्ने खेलाडीहरुलाई थप पाँच हजार दिइएको छ ।

जसअनुसार सागमा चारओटा स्वर्ण जित्ने पौडीकी गौरीका सिंहले २५ हजार प्राप्त गरिन् । यस्तै, दुईओटा पदक जित्ने तेक्वान्दोका आयशा शाक्य, कराँतेका मन्डेकाजी श्रेष्ठ र गल्फका सुवास तामाङलाई १५ हजार रुपैयाँले सम्मान गरिएको छ ।

नेपालले सागमा स्वर्ण, रजत र कास्य गरी २०६ पदक प्राप्त गरेपनि कांग्रेसले स्वर्णपदक विजेतालाईमात्रै सम्मान गरेको हो ।

यद्यपि, रजत र कास्य जित्ने खेलाडीलाई भने पछि सम्मान गर्ने विभागले जनाएको छ ।

सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कास्यसहित कुल २०६ पदक जितेको थियो ।

महाधिवेशनको मिति नजिकिँदै गर्दा गठन भएको पार्टीको खेलकुद विभागले सक्रियता देखाउन थालेको छ ।