
दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णकान्त उपाध्याय घुससहित नागढुंगाबाट पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले काठमाडौं आउँदै गर्दा उनलाई शुक्रबार साँझ नागढुंगामा पक्राउ गरेको हो ।
घुस लिएर काठमाडौं आउँदै गरेको सूचनाका आधारमा आयोगको टोलीले नियन्त्रणमा लिई खानतलासी गर्दा उनीसँग एक लाख ४० हजार नगद र आठ लाख बैंकमा जम्मा गरेको भौचर बरामद भएको अख्तियार स्रोतले जनाएको छ ।
त्यो रकम भुक्तानीबापत ठेकेदारसँग घुस लिएको अख्तियारको दाबी छ ।
प्रतिक्रिया दिनुहोस्