१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


महाकालीमा जलस्तर बढेपछि प्रसिद्ध धार्मिकस्थल पर्शुरामधाम जोखिममा


0
Shares

डडेलधुरा । लगातारको वर्षाका कारण महाकाली नदीमा जलस्तर बढेपछि डडेलधुरास्थित प्रसिद्ध धार्मिकस्थल पर्शुरामधाम जोखिममा परेको छ ।

बिष्णुको छैटौं अवतार पर्शुरामले हजारौं वर्ष यस स्थानमा तपस्या गरेको धार्मिक स्थलको रुपमा लिइन्छ ।

महाकाली नदीमा पानीको बहाब बढदै गएपछि यो क्षेत्र बाढीको चपेटामा परेको हो ।

सुदूरपश्चिमका पहाडी भूभागमा परिरहेको लगातारको बर्षातबाट दार्चुलाबाट बगेर आउने महाकाली नदीमा पानीको जलस्तर बढ्दा जनजीवन मात्र नभई पर्शुरामधाम पनि जोखिममा परेको हो ।

भित्रि मधेशको मुख्य बसोबास रहेको महाकाली र रंगुन नदी आसपासको क्षेत्र उच्च जोखिममा रहेको छ ।

व्यवस्थित तटबन्धको काम भए पनि महाकाली दुई देशिय सिमा नदी भएकोले बाढी नियन्त्रण गर्ने कुनै ठोस काम हुन नसक्दा बर्षेनी प्रभावित हुँदै आएको छ ।