
फाइल तस्वीर ।
काठमाडौं, साउन १७ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको सरकारी निवासमा कार्यरत् एकजना कर्मचारीलाई कोरोनाभाइरस ‘पोजिटिभ’ देखिएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकाअनुसार ती कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सभामुख सोपकोटासहित निवासमा कार्यरत् ३० जनाको स्वाब संकलन गरिएको छ ।
त्यस्तै, शुक्रबार सिंहदरबारभित्र ट्राफिक व्यवस्थापन गर्ने दुईजना ट्राफिक प्रहरीलाई पनि कोरोना संक्रमण पुष्टि भएको महाशाखाले जनाएको छ ।
शुक्रबार काठमाडौं उपत्यकामा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । पछिल्लो समय उपत्यकामा कोरोना संक्रमितको संख्या बढिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्