
काठमाडौं, साउन १७ । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या २० हजार ८६ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा शनिबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ३१५ जनामा संक्रमण पुष्टि भएको बताउनुभयो ।
योसँगै नेपालमा संक्रमित हुनेको संख्या २० हजार नाघेको उहाँले जानकारी दिनुभयो ।
नेपालमा हालसम्म कोरोनाभाइरसबाट ५६ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घन्टामा ९३ जना संक्रमित निको भएर घर फर्केका छन् । अहिलेसम्म निको भएर ‘डिस्चार्ज’ हुनेको संख्या १४ हजार ४९२ पुगेको प्रवक्ता डा. गौतमले बताउनुभयो ।
पछिल्लो २४ घन्टामा छ हजार ९९३ जनाको ‘पीसीआर’ परीक्षण भएको मन्त्रालयले जनाएको छ ।
देशभर हाल ११ हजार ५३३ जना ‘क्वारेन्टिन’मा रहेका छन् । पाँच हजार ३३८ जना ‘आइसोलेसन’मा रहेका छन् ।
हाल भोजपुर, संखुवासभा, रसुवा, काभ्रेपलाञ्चोक, मनाङ र मुस्ताङ जिल्ला संक्रमणमुक्त रहेका जनाइएको छ ।
भिडियो हेर्नोस्
प्रतिक्रिया दिनुहोस्