१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पर्सामा थप एकजना कोरोना संक्रमितको मृत्यु


0
Shares

पर्सा, साउन १७ । पर्सामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका, नगावाकी ५० वर्षीया महिला छन् ।

उनको उपचारको क्रममा नारायणी बयोधा अस्पतालमा शुक्रबार राति मृत्यु भएको थियो ।

सुगर र निमोनियाको समस्या रहेकी ती महिला बिहीबार अस्पताल भर्ना भएकोमा शुक्रबार बिहानदेखि उनमा श्वासप्रश्वासमा समस्या देखिएको थियो ।

मृत्युअघि उनको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो ।

उनीसँगै संक्रमण पुष्टि भएकी नगवाकी ६० वर्षीया महिलाको अवस्था पनि गम्भीर छ ।

पर्सामा हालसम्म ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।