१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


दक्षिण अफ्रिकामा कोरोना संक्रमितको संख्या पाँच लाख नाघ्यो, भयावह अवस्था आउने सक्ने


0
Shares

काठमाडौं । अफ्रिकी मुलुक दक्षिण अफ्रिकामा ५० लाख सर्वसाधारण कोरोना संक्रमित पुष्टी भएपछी स्वास्थ्य मन्त्रालयले भयावह स्थिती निम्तने सक्ने चेतावनी दिएको छ ।

दक्षिण अफ्रिकाका स्वास्थकर्मी ज्वेलिनी मिखहेजले पछिल्लो २४ घण्टामा १० हजार १ सय बढी संक्रमित थपिएको जानकारी दिंदै देशमा कोरोना महामारीले भयावह स्थिती निम्तने सक्ने चेतावनी दिनुभएको हो ।

हाल त्यहाँ संक्रमितको संख्या ५० लाख ३२ हजार नाघेको छ भने ८ हजार १ सय बढीको मृत्यु भईसकेको छ ।

संक्रमित मध्ये आधा जनसंख्या दक्षिण अप्रिंmकाको आर्थिक केन्द्र गउते प्रान्तमा रहेको बुझिएको छ ।

संक्रमितको संख्या दिनानुदिन बढ्दै गएपछी दक्षिण अफ्रिका बिश्वमा कोरोना महामारी हुने राष्ट्रमध्ये पाँचौ स्थानमा परेको छ ।

विश्वमा कोरोना संक्रमण बढी मात्रामा फैलिएको राष्ट्रहरुमा क्रमस अमेरिका, ब्राजिल , रसिया , र भारत पछि दक्षिण अफ्रिका रहेको छ ।

दक्षिण अफ्रिकामा गत मे र अप्रील महिनामा लगाएको लकडाउन खुलेको केही दिनमा नै संक्रमितको संख्या बढ्दै गएको हो । एजेन्सी