१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


अमेरिकी अन्तरिक्ष यात्री डग हर्ली र बब बेन्कन अन्तरिक्षबाट आज पृथ्वीमा फर्किदै


0
Shares

काठमाडौं । अमेरिकी अन्तरिक्ष यात्री डग हर्ली र बब बेन्कन अन्तरिक्ष केन्द्रबाट पृथ्वीमा आज फर्किदैछन् ।

उनीहरु दिउँसो स्थानीय समय अनुसार २ बजेर ४० मिनेट जाँदा फ्लोरिडाको तटीय क्षेत्रमा अवतरण गर्ने अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले जनाएको छ ।

हर्ली र वेल्कन पृथ्वीमा फर्किनका लागि अन्तरिक्ष यानमा उडान सुरु गरेका छन् । नासाले निजी कम्पनी स्पेसएक्ससँगको सहकार्यमा सो यान अन्तरिक्षमा पठाएको हो ।

यान चीनबाट ४ सय २२ किलोमिटरको दूरी माथि रहेको अन्तरिक्ष स्टेशनबाट गत मे ३१ मा प्रवेश गरेको थियो ।

चुहावट, दबाब र तापक्रमको जाँचका लागि केही प्रतीक्षा गर्नु परेकाले पहिल्यै आईएसएसमा रहेका रुसी र अमेरिकी टोलीसँग सामेल हुन ड्रयागन क्याप्सुलमा रहेका यात्रीहरु स्टेशनमा प्रवेश गरेका थिए ।एजेन्सी