१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


इटालियन सिरी ए को उपाधि युभेन्टसलाई


0
Shares

काठमाडौं । गएराती अन्तिम चरणमा ५ वटा खेल भएसँगै यो सिजनको इटलियन सिरी ए फुटबलका खेलहरु सम्पन्न भएका छन् ।

युभेन्टसले यसअघि नै उपाधि हात पारिसकेको छ । पहिलो खेलमा रेलिगेसनमा रहेको स्पल फायोरेन्टिनासँग ३–१ गोलले पराजित भयो ।

अर्को खेलमा पर्माले लेसेलाई ४–३ गोलले पराजित गरेको छ । योसँगै लेसे पनि रेलिगेसनमा परेको छ । त्यस्तै अर्को खेलमा बोलोग्ना र टोरिनो १–१ गोलको बराबरीमा रोकिए ।

गएराति नै सम्पन्न अर्को खेलमा जेनोआले भेरोनालाई ३–० गोलले पराजित गर्दा सासुओलोविरुद्ध उडिनेस १–० गोलले विजयी भयो ।

सिरी ए मा युभेन्टसले उपाधि जित्दा इन्टर मिलान उप विजेता बनेको छ भने एट्लान्टा तेस्रो भएको छ । यस्तै लाजिओ चौथो र रोमा पाँचौ भएका छन् ।