१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


एकैपटक ६ जना कर्मचारीमा कोरोना देखिएपछि धरानको एक उद्योग सिल गरियो


0
Shares

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिकामा रहेको प्रिति भल्भ एण्ड फिटिङस इण्डष्ट्रिस प्रालि सिल गरिएको छ ।

प्रिति भल्भमा कार्यरत ६ जनामा कोरोनाको संक्रमण फैलिएको भन्दै स्थानीय प्रशासनले उद्योग सिल गरेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र बस्नेतले जानकारी दिनुभयो ।

प्रिति भल्भमा कार्यरत धरान १३ का २८ वर्षीय युवामा कोरोना संक्रमण देखिए पनि वास्ता नगर्दा कोरोना उद्योगमा कार्यरत अन्यत्रमा पनि सरेको हो ।

संक्रमितहरुको वीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचार भइरहेको छ ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले लापरवाही तरिकाले प्रिति भल्भ एण्ड फिटिङस इण्डष्ट्रिस प्रालिबाट कोराना संक्रमण फैलिएको प्रमाणित भए सञ्चालकविरुद्ध कडा कारवाही गर्ने बताउनुभयो ।