
वीरगञ्ज । पर्सामा सुरक्षाकर्मी, महिला, सञ्चारकर्मी र एक भारतीय सहित ७३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
नारायणी अस्पतालको पीसीआर ल्यावले आज उपलब्ध गराएको रेकर्ड अनुसार संक्रमित मध्ये जिल्ला प्रहरी कार्यालय पर्सामा २ जना, श्रीपुर वडा प्रहरी कार्यालयमा कार्यरत एकजना र नेपाली सेनामा कार्यरत १ जनासहित ७३ जना संक्रमित थपिएको हो ।
पछिल्लो समय टोल टोलमा परीक्षणको दायरा बढाएपछि समुदायमा रहेका संक्रमितहरू फेला पर्न थालेको नारायणी अस्पतालका चिकित्सक डाक्टर निरज सिंहले जानकारी दिनुभयो ।
नयाँ संक्रमित मध्ये सबैभन्दा धेरै वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ श्रीपुरका ४१ जना रहेका छन् । जसमध्य ८ जना महिलासहित ७७ वर्षसम्मका वृद्ध रहेका छन् ।
आज फेला परेका कोरोना पोजेटिभ साउन ८ गते र १२ देखि १६ गतेसम्म नारायणी अस्पताल तथा श्रीपुर उच्च माविमा संकलन गरिएको स्वाब परीक्षण मध्यका रहेको नारायणी पिसिआर ल्याबले जनाएको छ ।
वीरगञ्ज महानगरमा वडा नम्बर ६ मेनरोड, लोहारपट्टि, वडा नम्बर ८ गहवामा सबैभन्दा धेरै संक्रमित फेला परेकोमा दुई दिनयता श्रीपुरमा समेत धेरैजसो संक्रमित थपिएका छन् ।
प्रतिक्रिया दिनुहोस्