
लमजुङ । लकडाउनका कारण बन्द हुँदैं आएको नमुना घलेगाउँ होमस्टे भदौ १ गतेबाट सञ्चालनमा आउने भएको छ ।
स्वास्थ्य मापदण्ड पूरा गरेर होमस्टे सञ्चालनमा ल्याउन लागिएको ग्रामीण पर्यटन घलेगाउँ होमस्टे व्यवस्थापन समितिका अध्यक्ष प्रेम घलेले जानकारी दिनुभयो ।
पहिलो चरणमा १५ दिनका लागि आन्तरिक पर्यटकका लागि मात्र खुला गरिने भएको छ । अवस्था हेरेर प्रदेश र देशभरका लागि खुला गर्ने तयारी गरिएको अध्यक्ष घलेले बताउनुभयो ।
होमस्टेमा आउने पर्यटकका लागि मास्क, स्यानिटाइजर, सामजिक दूरी, तापक्रम जाँच जस्ता स्वास्थ्य मापदण्ड पूरा गर्नुपर्ने नियम बनाइएको छ ।
एउटा कोठामा २ जना भन्दा बढी बस्न नपाउने गरी होमस्टे सञ्चालन गर्न लागिएको समितिले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्