२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


नेकपा अध्यक्ष दाहाल र उपाध्यक्ष गौतमबीच भेटवार्ता


0
Shares

काठमाडौं । नेपाल कम्युनिष्ठ पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र उपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ ।

गौतमलाई भेट्न दाहाल आज बिहान गौतम निवास भैंसेपाटी पुग्नुभएको थियो । भेटमा दुईजनाबीच के कुरा भयो थाहा हुन नसकेपनि गौतमले पार्टीको आन्तरिक विवाद मत्थर पार्न अघि सारेको ६ बुँदे प्रस्तावमा सहमति गर्न दाहाललाई आग्रह गर्नुभएको बताइएको छ ।

यसअघि प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओली पत्नी राधिकालाई लिएर भैसेपाटी पुग्नुभएको थियो ।

गौतमले अघि सारेको ६ बुँदे प्रस्तावमा सरकारको नेतृत्व प्रधानमन्त्री ओलीले नै गर्ने र अर्को महाधिवेशन सम्म पार्टीको अध्यक्ष पनि ओली नै हुने उल्लेख छ ।

प्रधानमन्त्री ओलीले सरकार र पार्टी दुवैको नेतृत्व छाड्नुपर्ने दवाब पार्टीभित्र छ । तर ओलीले दुवै पद कुनै पनि हालतमा नछाड्ने अडान लिदैं आउनुभएको छ ।