५ बैशाख २०८२, शुक्रबार | Sat Apr 19 2025


सुदूरपश्चिमका अस्पतालमा आइसियू र भेन्टिलेटरको चरम अभाव


13
Shares

corona

कैलाली । सुदूरपश्चिममा पनि लक्षणसहितका संक्रमित थपिने जोखिम बढेको छ ।

सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले सुदूरपश्चिममा पनि लक्षण सहितका संक्रमित देखिने सम्भावना बढेको बताउनुभयो ।

उहाँले सुदूरपश्चिमका अस्पतालमा आइसियू र भेन्टिलेटरको चरम अभाव रहेको बताउनुभयो ।

स्वास्थ्य निर्देशनालयले सुदूरपश्चिममा १२ शैयाको आईसियू र सात वटा भेन्टिलेटर मात्र हुँदा समस्या भएको बताएको छ ।

सेती प्रादेशिक अस्पतालमा १० शैयाको आईसियू र ५ भेन्टिलेटर, महाकाली अस्पतालमा दुई शैयाको आईसियू र डडेल्धुरा अस्पतालमा दुई वटा भेन्टिलेटर रहेको निर्देशनालयले जनाएको छ ।