
बारा, साउन २० । नेपाल आयल निगमको बारास्थित अमलेखगन्ज डिपोबाट पेट्रोलियम पदार्थको बिक्री ५० प्रतिशतले घटेको छ ।
सार्वजनिक यातायात नचल्नु, विकासका काम ‘लकडाउन’ले प्रभावित हुनु, कृषिजन्य काम सकिनु र आर्थिक वर्षको समाप्तीसँगै निर्माणकार्यमा गिरावट आउँदा बिक्री घटेको हो ।
अमलेखगन्ज डिपोले काठमाडौं, पोखरा, भैरहवा र विराटनगरसम्म पेट्रोलियम पदार्थको ‘सप्लाई’ गर्ने गरेको छ ।
लकडाउनका कारण अहिले ५० प्रतिशतले बिक्रीमा कमी आएको अमलेखगन्ज डिपो प्रमुख भरत रेग्मीले जानकारी दिनुभयो ।
भारतबाट आयात गरिने पेट्रोलियम पदार्थमध्ये डिजल भारतको पटना मोतीहारी हुँदै अमलेखगन्ज आयात हुने गर्छ भने पेट्रोल, मट्टीतेल बरौनी र रक्सौलबाट नेपाली ट्यांकरमार्फत् ढुवानी गर्ने गरिन्छ ।
प्रतिक्रिया दिनुहोस्