१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


१५ दिन कडाखालको ‘लकडाउन’ गर्न सरकारलाई विज्ञको सुझाव


0
Shares

corona

काठमाडौं, साउन २० । नेपालमा कोरोना संक्रमणको जोखिम बढ्नसक्ने भन्दै विज्ञहरुले १५ दिन ‘लकडाउन’ गर्न सरकारलाई सुझाव दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा गर्नुभएको परामर्शमा विज्ञहरुले लकडाउन गर्नेदेखि आवश्यक परे कर्फ्यु लगाउनुपर्नेलगायतका सुझाव दिएका हुन् ।

छलफलमा जनस्वास्थ्यविज्ञ डा. रवीन्द्र पाण्डेले समुदायस्तरमै एक व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमण फैलिने दर बढेकाले १५ दिन कडाखालको लकडाउन गरी स्वास्थ्य सुरक्षाका मापदण्ड कडाइका साथ अपनाउनेगरी अगाडि बढ्नुपर्ने सुझाव दिनुभयो ।

जनस्वास्थ्य वैज्ञानिक डा. समिरमणि दीक्षितले लकडाउन गरेर कोरोना पूर्णरुपमा नियन्त्रणमा नआउने भएकाले बढी संक्रमण फैलिएको क्षेत्रमा मात्र कडाइ गर्नुपर्ने सुझाव दिनुभयो ।

स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाए अवस्था भयावह हुने भन्दै उहाँले सबैका सल्लाह–सुझावअनुसार प्रधानमन्त्रीले उचित निर्णय लिने विश्वास व्यक्त गर्नुभयो ।

छलफलमा सहभागी केही विज्ञहरुले भने लकडाउनमात्रै महामारी नियन्त्रणको उपाय नभएकोले संक्रमण देखिएका निश्चित ठाउँहरु सिलबन्दी गरी सीमानाकामा कडाइ गर्नुपर्ने सुझाव दिएका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले स्वास्थ्य मन्त्रालय, ‘सीसीएमसी’ र मन्त्रिपरिषद्मा छलफल गरेर आगामी कदम चाल्ने प्रतिबद्धता प्रधानमन्त्रीले गर्नुभएको बताउनुभयो ।