१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कैलालीमा स्वास्थ्यकर्मीसहित ‘क्वारेन्टिन’का चौकीदार र भान्छेलाई कोरोना पुष्टि


0
Shares

corona

बिराज रोस्यारा (इमेज)

कैलाली, साउन २० । कैलालीमा स्वास्थ्यकर्मीसहित ‘क्वारेन्टिन’का चौकीदार र भान्छेलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

कैलारी गाउँपालिकास्थित क्वारेन्टिनमा कार्यरत् एकजना स्वास्थ्यकर्मीसहित चौकीदार र भान्छेलाई संक्रमण पुष्टि भएको हो ।

गाउँपालिकाका स्वास्थ्य संयोजक वीरेन्द्र सापकोटाले वडा नम्बर–१ को हसुलियास्थित दीपेन्द्र माध्यमिक विद्यालयमा बनाइएको क्वारेन्टिनमा कार्यरत् उनीहरुमा कोरोना पुष्टि भएको जानकारी दिनुभयो ।

संक्रमितको सम्पर्कमा आएका कर्मचारी, परिवारका सदस्य र अरु स्थानीयको पनि स्वाब परीक्षणका लागि संकलन गरिने उहाँले बताउनुभयो ।

कैलारी गाउँपालिकामा मंगलबार सातजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।