
फाइल तस्वीर । फेसबुक ।
सुनसरी, साउन २० । कोरोना संक्रमितको संख्या बढेपछि सुनसरीको इटहरी उपमहानगरपालिका, इनरुवा र दुहबी नगरपालिकामा ‘लकडाउन’ गरिएको छ ।
तीनओटै स्थानीय तहले मंगलबार बसेको बैठकमा मंगलबारैदेखि लकडाउन गर्ने निर्णय गरेका हुन् ।
कोरोना संक्रमण समुदायमा फैलिएकाले यसको नियन्त्रणका लागि साउन २५ गतेसम्म इटहरीका २० ओटै वडामा पूर्णरुपमा लकडाउन गरिएको इटहरीका मेयर द्धारिकलाल चौधरीले जानकारी दिनुभयो ।
यसैगरी, इनरुवा र दुहबी नगरपालिकाले साउन २६ गतेसम्म लकडाउन गर्ने निर्णय गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्