७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


ओली–दाहालबीच आजपनि छलफल


0
Shares

kp oli prachanda

काठमाडौं, साउन २० । सत्तारुढ नेकपाभित्रको आन्तरिक विवाद मिलाउन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच मंगलबार पनि छलफल भएको छ ।

छलफलमा वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि सहभागी हुनुभएको नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो ।

आइतबार र सोमबार भएको छलफलमा कुनै निष्कर्ष ननिस्किएपछि मंगलबार फेरि छलफल भएको हो ।

यही साउन १३ गते पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले स्थायी समिति बैठक एकलौटी स्थगित गरेको भनी दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालनिकटका २९ स्थायी कमिटी सदस्य र दुईजना आमन्त्रित सदस्यसहितको बैठकले ओलीसँग संवाद गर्न दाहाललाई जिम्मा दिएको थियो ।

अध्यक्षद्वयबीच सहमति हुन नसक्दा नेकपाको पार्टी स्थायी समिति बैठक स्थगित भएको छ ।