१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


जम्मू, कश्मीर र लद्दाख समेट्दै पाकिस्तानले जारी गर्‍यो नयाँ राजनैतिक नक्सा


0
Shares

काठमाडौं । पाकिस्तानले आफ्नो नयाँ राजनैतिक नक्सा सार्वजनिक गरेको छ । पाकिस्तानको मन्त्रिपरिषदबाट पास गरिएको नयाँ नक्सामा जम्मू, कश्मीर, लद्दाख र जूनागढ़ पाकिस्तानमा समेटिएको छ ।

मंगलबार पाकिस्तानी प्रधानमन्त्री इमरान खानले यसबारे जानकारी दिँदै मन्त्रिपरिषदको यो निर्णयलाई विपक्षी पार्टी र कश्मिीरी (पाकिस्तान प्रशासित कश्मीर) नेतृत्वले समेत स्वागत गरेको बताउनुभएको छ ।

प्रधानमन्त्री खानले भारतले गत साल अगस्ट ५ मा कश्मीरमा जे गैरकानुनी कदम उठायो पाकिस्तानको अहिलेको राजनितिक नक्शाले त्यसलाई नकार्ने बताउनुहुन्छ ।

अब पाकिस्तानको स्कूल, कलेज, सरकारी कार्यालयमा मंगलबार जारी गरेको नयाँ आधिकारिक नक्शा हुनेछ ।

भारतले भने पाकिस्तानले जारी गरेको नक्शाको कुनै वैधता नभएको प्रतिक्रिया दिएको छ । एजेन्सी