१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


धरानमा आजदेखि लकडाउन: बजार, पसल र यातायात पूर्ण रुपमा बन्द


0
Shares

सुनसरी । कोरोना संक्रमितको संख्या बढेपछि सुनसरीको धरान उपमहानगरपालिकामा आजदेखि लकडाउन गरिएको छ ।

आज उपमहानगरपालिकामा बसेको सर्वपक्षिय बैठकले धरान उपमहानगरपालिकालाई सुरक्षित राख्नका लागि लकडाउन गर्ने निर्णय गरिएको धरानका मेयर तिलक राईले जानकारी दिनुभयो ।

धरानमा समुदाय स्तरमानै कोरोनाको संक्रमण फैलिएका कारण आजबाट साउन २८ गते सम्म लकडाउन गर्ने निर्णय गरिएको मेयर राईले बताउनुभयो ।

लकडाउनको अवधिभर बजार, पसल, र यातायातका साधन पूर्ण रुपमा बन्द गर्ने र सर्बसाधारणलाई हिडडुल गर्न पनि प्रतिबन्ध लगाइएको छ ।

औषधि पसल र एम्बुलेन्स भने निर्वाध रुपमा संचालन हुने बताइएको छ । हिजो सुनसरीकै इटहरी उपमहानगरपालीकाले साउन २५ र इनरुवा र दुहबी नगरपालिकाले साउन २६ गते सम्म लकडाउन गर्ने निर्णय गरीसकेका छन् ।