
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठक आज बस्दैछ ।
अहिले बिहान ११ बजे ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य प्रतिष्ठानको सभाहलमा बैठक बस्ने बताईएको छ ।
पार्टीको तल्लो तहसम्मको समायोजन र नेताहरूको कार्यविभाजन बैठकको मुख्य एजेण्डा रहेको छ ।
कोरोना संकट, बाढी, पहिरो र डुबान लगायतका प्राकृतिक विपद्सँगै समसामयिक राजनीतिक विषयले पनि बैठकमा प्रवेश पाउने बताईएको छ ।
तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी पार्टी नेपालबीच गत वैशाख १० गते एकता भएर जनता समाजवादी पार्टी बनेपनि समायोजनको थुप्रै काम बाँकी छ ।
प्रतिक्रिया दिनुहोस्