१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्यूठानका दुईवटा वडा आजवाट ‘सिल’


0
Shares

प्युठान । प्यूठान नगरपालिकाको वडा नम्बर– ७ र ८ मा आज सिल गरिएको छ ।

पालिकामा समुदाय स्तरमै कोरोनाको संक्रमण फैलिएको भन्दै प्यूठानको प्रमुख व्यापारिक केन्द्र बागदुला, पुण्यखोला, मरन्ठाना लगायतका क्षेत्रलाई पूर्ण रुपमा सिल गरिएको हो ।

हिजो बसेको नगर स्तरीय बैठकले आजदेखि २५ गतेसम्मका लागी सिल गर्ने निर्णय गरेको प्यूठान नगरपालिकाका मेयर अर्जुनकुमार कक्षपतिले जानकारी दिनुभयो ।

अत्यावश्यक काम बाहेक यातायात, पसल, उद्योग लगायतका सबै सेवा क्षेत्र पूर्ण रुपमा बन्द गरिएको छ ।

हिजो ट्राभल हिस्ट्री नभएकी २२ बर्षिया युवतीमा कोरोना संक्रमण पुष्टी भएपछि प्यूठानमा पहिलो पटक समुदाय स्तरमा कोरोना संक्रमण फैलिएको हो ।

उनी होटल व्यवसायी भएकोले उनको सम्र्पकमा आएका छिमेकी तथा परिवारका सदस्यको स्वाब संकलन गरीएको छ ।

प्यूठान नगरपालिकामा हालसम्म ९४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ भने ५ जना आइसोलेसनमा रहेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।