
काठमाडौं । देशभरका ३५ जिल्लामा आजबाट जोर बिजोर प्रणली लागू भएको छ । सरकारले दुई सय भन्दा बढी कोरोना संक्रमित भएका जिल्लामा चल्ने सवारी साधनमा जोर बिजोर प्रणाली लागु गरेको हो ।
त्यसमध्ये उपत्यकाका तीनै जिल्लामा पनि जोर बिजोर लागू गरिएको छ । भक्तपुर र ललितपुरमा दुई सय बढी संक्रमित नभएपनि उच्च जोखिमका आधारमा यी जिल्लामा पनि जोर बिजोर प्रणाली लागु गरिएको बताइएको छ ।
त्यस्तै यी ३५ सै जिल्लामा राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिडडुलमा प्रतिबन्ध समेत लगाइएको छ ।
जोर बिजोर प्रणली लागु र राति ९ देखि ५ बजेसम्म हिड्न प्रतिबन्ध लागेका जिल्लामा प्रदेश २ का आठ वटै जिल्ला रहेका छन् । प्रदेश २ का आठ वटै जिल्लामा दुई सय भन्दा बढी कोरोना संक्रमित छन् ।
त्यस्तै झापा, मोरङ, नवलपरासी, स्याङ्जा, पाल्पा, कपिलवस्तु, गुल्मी, बाग्लुङ, प्यूठान, अर्घाखाँची, रुपन्देही, दाङ, सल्यान, बाँके, बर्दिया, सुर्खेत, दैलेख, अछाम, बाजुरा, कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी र बझाङमा पनि जोर बिजोर प्रणाली लागू गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्