९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


सूचना–प्रविधिसम्बन्धी प्रदर्शनी


0
Shares

काठमाडौं, जेठ २८ । इन्टरनेटको प्रयोगले दैनिक जीवन कसरी सहज बनाउन सकिन्छ भन्ने जानकारी दिन काठमाडौंको सफ्टवरीका कलेजका विद्यार्थीहरुले सूचना–प्रविधिसम्बन्धी प्रदर्शनी गरेका छन् ।

कम्प्युटिङ विषयका विद्यार्थीहरुले बनाएका सामग्री र उपकरणहरु प्रदर्शनीमा राखिएको छ ।

स्मार्टसिटी र इन्टरनेटको प्रयोगले स्मार्टसिटीलाई कसरी सहज बनाउन सकिन्छ भन्ने जानकारी यस्ता उपकरणले दिने बताइएको छ ।

स्मार्ट स्कुल, स्मार्ट पार्किङ, होटेल, स्मार्ट फोहोर व्यवस्थापन, स्मार्टसिटीलगायतको नमुना राखिएको प्रदर्शनी मंगलबारदेखि तीन दिनसम्म चल्नेछ ।