
काठमाडौं । भारतमा कोरोना भाइरस संक्रमितको संख्या २० लाख २५ हजार नाघेको छ । अमेरिका र ब्राजिलपछि तेस्रो नम्बरमा संक्रमित संख्या रहेको भारतमा पछिल्लो २४ घण्टामा मात्रै ५८ हजार संक्रमित थपिएका छन् ।
गत २० दिनको अवधिमा भारतमा संक्रमितको संख्या दोब्बर भएको हो । भारतमा अहिले अमेरिका र ब्राजिलभन्दा तिव्र गतिमा संक्रमण फैलिरहेको छ ।
भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४० हजार नाघेको छ । अमेरिकामा ५० लाख २८ हजार संक्रमति हुँदा १ लाख ६२ हजार ७ सय बढीले ज्यान गुमाएका छन् ।
यस्तै ब्राजिलमा संक्रमितको संख्या २९ लाख १७ हजार नाघ्दा ९८ हजार ६ सय ४४ जनाको मृत्यु भईसकेको छ । एजेन्सी
प्रतिक्रिया दिनुहोस्