
काठमाडौं । कोरोना भाईरसको महामारी फैलिएपछि रोकिएको च्याम्पियन्स लिग फुटबलका खेलहरु आजबाट हुँदैछन् ।
युरोपियन क्लब फुटबलको सर्वोच्च प्रतियोगिता च्याम्पियन्स लिगको प्रि–क्वाटरफाईनल दोस्रो लेगका दुई खेल आज राती हुनेछन् ।
आज इंग्ल्याण्डको म्यान्चेस्टर सिटी र स्पेनको रियाल मड्रिड भिड्दैछन् । यी दुई टोलीबिचको पहिलो लेगको खेलमा म्यान सिटी २–१ ले विजयी भएको थियो ।
आजै इटालीको युभेन्टसले फ्रान्सको लियोंसँग खेल्नेछ । पहिलो लेगमा लियोंले युभेन्टसलाई १–० ले हराएको थियो ।
च्याम्पियन्स लिग राउण्ड अफ सिक्सटिनका अन्य दुई खेलहरुमा भोलि राती बार्सिलोना र नापोली तथा बायर्न म्युनिख र चेल्सी भिड्दैछन् । एजेन्सी
प्रतिक्रिया दिनुहोस्