२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


कोरोना संक्रमण तीव्र बढेसँगैं काठमाडौं उपत्यकाका तीनै जिल्लाको ‘डिसिसिएमसी’को बैठक आज बस्दै


0
Shares

काठमाडौं । काठमाण्डौं उपत्यकामा कोरोना संक्रमण सुरक्षा सावधानी अपनाउन आज उपत्यकाका तीनै जिल्लाको ‘जिल्ला कोभिड–१९ क्राइसिस म्यानेज्मेन्ट सेन्टर’को बैठक बस्दैछ ।

काठमाडौंमा दिनानुदिन संक्रमित बढ्दै गएपछि जोखिम न्यूनीकरणका लागि थप रणनीति तय गर्न तीन वटै जिल्लको (डिसिसिएमसी)को बैठक सिंहदरबारस्थित जिल्ला समन्वय समितिको हलमा बस्ने तय भएको हो ।

बैठकमा प्रमुख जिल्ला अधिकारी, जिल्ला स्वास्थ्य कार्यालय प्रमुख, सुरक्षा प्रमुख, जिल्ला समन्वय समिति प्रमुख लगायतको सहभागिता रहने जनाइएको छ ।

काठमाडौं, ललितपुर र भक्तपुर एकअर्कोमा सहजै जोडिएको जिल्ला भएकाले पनि संक्रमण बढ्दै गएकोले उपत्यकाभित्र एउटा मापदण्ड बनाएर अघि बढ्ने ललितपुर स्वास्थ्य कार्यालयका प्रमुख डा. खगेश्वर गेलालले बताउनुभयो ।

काठमाण्डौं उपत्यकामा गत बुधबार १ सय २ जना र हिजो मात्रै ७६ जनामा संक्रमण देखिएको थियो ।