१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कर्मचारीमा कोरोना देखिएपछि रामग्राम नगरपालिका ‘सिल’


0
Shares

नवलपरासी । रामग्राम नगरपालिकाका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि पश्चिम नवलपरासीको रामग्राम नगरपालिका शिल गरिएको छ ।

सदरमुकाम परासीमा रहेको नगरपालिका क्षेत्रमा समुदाय स्तरमा पीसीआर परीक्षण गरिएको थियो । जसमा नगरपालिकाका एक कर्मचारी र वडा नम्बर –१८ का एक जनाको रिपोर्ट पोजिटिभ देखिएको थियो ।

कर्मचारीमा पोजिटिभ देखिएपछि साउन मसान्तसम्म नगरपालिका शिल गरिएको नगर प्रमुख नरेन्द्र गुप्ताले जानकारी दिनुभयो ।

शिल गरिएको समय अवभिभर कार्यालय पूर्णरूपमा बन्द रहने छ ।