१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कोरोनाको उपचारमा अत्यावश्यक औषधि ल्याउन आग्रह


0
Shares

corona

काठमाडौं, साउन २३ । नेपाल चिकित्सक संघले कोरोनाभाइरसको उपचारमा चाहिने अत्यावश्यक औषधि, शय्या र भेन्टिलेटरको संख्या वृद्धि गर्न सरकारलाई आग्रह गरेको छ ।

संघले शुक्रबार विज्ञप्ति निकाली आइसीयुकक्षमा उपचाररत् बिरामीलाई अत्यावश्यक पर्ने इन्जेक्सन रेमेडिसिभिर नामक औषधि ल्याउन सरकारलाई आग्रह गरेको छ ।

संघले अक्सिजन, आइसीयुकक्षको संख्या र जनरल बेडको संख्यासमेत बढाउन भनेको छ ।

जोखिमपूर्ण अवस्थामा काम गरिरहेका चिकित्सकहरुलाई नेपाल सरकारले वितरण गर्ने भनेको जोखिम भत्ता विभेदपूर्ण वितरण भएको भन्दै तत्काल वितरण गराउनसमेत आग्रह गरिएको छ ।

चिकित्सकहरुको कोभिड बिमा अनिवार्यरुपमा लागू गराउन पनि संघले आग्रह गरेको छ ।