८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


भारतमा पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ९ सय ३३ जनाको मृत्यु


0
Shares

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट थप ९ सय ३३ जनाको मृत्यु भएको छ ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार ६१ हजार ५ सय ३७ नयाँ संक्रमित थपिएका छन् ।

कर्नाटक, विहार र आन्ध्र प्रदेशमा सबै भन्दा धेरै संक्रमण फैलिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

नयाँ संक्रमित थपिएसँगै कोरोना भाइरस संक्रमितको संख्या हालसम्म २० लाख ८८ हजार ६ सय ११ पुगेको छ । त्यस्तै मृतकको संख्या ४२ हजार ५ सय १८ पुगेको छ ।

त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार ६८ दशमलव ३२ प्रतिशतले निको भएका छन् ।

संक्रिय संक्रमितको संख्यामा पनि कमी आएको मन्त्रालयले जनाको छ ।

संक्रमितको संख्या हाल ६ लाख १९ हजार ८८ रहेको छ भने १४ लाख २७ हजार ५ जना संक्रमणमुक्त भएका छन् ।