
फाइल तस्वीर ।
पर्सा, साउन २४ । वीरगन्जमा सातजना महिला र ४८ जना पुरुष गरी कुल ५५ जना कोरोना संक्रमित थपिएका छन् ।
नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणअनुसार बहुदरमाई नगरपालिकाका मेयर नितेन्द्र साह तेलीमा पनि संक्रमण देखिएको छ । संक्रमण देखिनेमा २२ वर्षदेखि ७४ वर्ष उमेर समूहका छन् ।
नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले वीरगन्जका विर्ता, छपकैया, आदर्शनगर, नगवा, सबैठवा, श्रीपुर, राधेमाई, तेजारथटोल, भिस्वा, मुर्लीलगायत ठाउँका संक्रमित रहेको बताउनुभयो ।
५५ जना संक्रमितमा एकजना सर्लाही घर भइ डुगर प्रालि वीरगन्ज कार्यालयमा कार्यरत् २६ वर्षीय पुरुष संक्रमित भएको पुष्टि भएको छ । त्यसैगरी, अन्य तीनजना बाराका रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्