
सोलुखुम्बु, साउन २४ । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकास्थित *सेतोपोखरी फुटेको छ ।
पोखरी फुटेसँगै सोलुखोलामा लेदोसहितको पानीको सतह बढेको हो ।
खोला किनारमा रहेको बस्तीलाई सावधानी अपनाउन स्थानीय सरकारले आग्रह गरेको छ ।
पोखरी फुटेर एकतिहाइ पानी बगिसकेको र पोखरी पूर्णरुपमा फुट्ने खतरा उच्च रहेको स्थानीयले बताएका छन् ।
पोखरीको वरिपरीको भाग चिरा–चिरा परिसकेको छ ।
सोलुखोलामा पानीको बहाव उच्च हुँदा केही क्षेत्रमा नदीको पानी बस्तीमा समेत प्रवेश गरेको बताइएको छ ।
यता, जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले भने पोखरी फुटेको खबर प्राप्त भएपनि आधिकारिक पुष्टि हुन बाँकी रहेको जनाएको छ ।
*सच्याइएको । सेतोपोखरी हुनुपर्नेमा यसअघि अन्यथा परेकोले सच्याइएको छ ।
प्रतिक्रिया दिनुहोस्