
काठमाडौं । स्पेनिस क्लब बार्सिलोना र जर्मनीको बायर्न म्युनिख युएफा च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाईनलमा प्रवेश गरेका छन् ।
गएराति भएको प्रि क्वाटरफाईनल दोस्रो लेगको खेलमा इटालीको नापोलीलाई ३–१ ले हराउँदै बार्सिलोना समग्रमा ४–१ को नतिजा सहित क्वाटरफाइनलमा पुगेको हो ।
नापोलीको घरेलु मैदानमा भएको पहिलो लेगको खेल १–१ गोलको बराबरीमा सकिएको थियो । गएरातिको खेलमा बार्सालाई विजयी गराउन लियोनल मेस्सी, क्लेमेन्ट लेन्गलेट र लुईस सुआरेजले एक एक गोल गरे ।
पाँच पटकको युरोपियन च्याम्पियन बार्सिलोनाले क्वार्टरफाईनलमा अब जर्मन क्लब बायर्न म्युनिखसंग प्रतिस्पर्धा गर्नेछ ।
गएराति भएको अर्को खेलमा इंग्लिस क्लव चेल्सीलाई ४–१ ले स्तब्ध बनाउँदै बार्यन म्युनिख क्वाटरफाईनलमा पुगेको हो ।
पहिलो लेगमा ३–० ले पराजित भएको चेल्सी समग्रमा बायर्नसँग ७–१ को भारी अन्तरमा पराजित भयो ।
गएरातिको खेलमा बायर्नलाई विजयी गराउन रोबेर्ट लेवान्दोस्कीले दुई गोल गर्दा इभाँ पेरिसिक र कोरेन्टिन टोलिसोले एक एक गोल गरे ।
चेल्सीका ट्यामी अब्राहमले एक सान्तोना गोल फर्काए । एजेन्सी
प्रतिक्रिया दिनुहोस्